शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीको क्षेत्र नं २ को सभापतिमा विष्णुप्रसाद ढकाल विजयी

बुधबार, ०८ मङ्सिर २०७८, १५ : ५२
बुधबार, ०८ मङ्सिर २०७८

कैलालीको निर्वाचन क्षेत्र नं २ बाट काँग्रेस क्षेत्रीय सभापतिमा विष्णु प्रसाद ढकाल विजयी भएका छन् । उनका प्रत्याशी राम विष्ट लाई ६२ मत अन्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । प्रचार प्रसार समिति सदस्य नृप सुनारले कार्यसमितिमा पनि ढकाल प्यानल नै विजयी भएको उनले बताए । सचिवमा ब्रिजेस र रघुवीर चौधरी, सहसचिवमा अमरबहादुर विष्ट र हर्कराज धमला विजयी भएका छन् । त्यस्तै महाधिवेशन प्रतिनिधिमा २३ जना विजयी भएका छन् । कमल बहादुर शाह, मोहनसिंह राठौर, भक्तबहादुर थापा,, अरुणकुमार चौधरी,विजय बहादुर स्वार, जनक बहादुर बम, भरतकुमार शाही,बल बहादुर विष्ट,हिम बहादुर रावल, प्रेम बहादुर विष्ट विजयी भएका छन् । 

महिलातर्फ टीका कुमारी चौधरी,शिवा थापा, सुमनकुमार सन्ज्याल, दीपा बडायक विजयी भएको उनले बताए । खस आर्यबाट सूर्यबहादुर बटाला, हिकमतबहादुर बम विजयी भएका छन् । खस आर्य महिलाबाट रीता कुमारी मुडभरी र बिशुदेबी बडुवाल विजयी भएको उनले बताए । दलित प्रतिनिधिबाट रंगे सुनार विजयी भएका छन् । थारु खुल्ला तर्फ प्रदीप कुमार चौधरी र वीर बहादुर डगौरा विजयी भएका छन् । थारु महिला प्रतिनिधि बाट आशा कुमारी चौधरी, मुस्लिम मधेसी र अपाङ्ग प्रतिनिधि बाट कर्ण बहादुर चौधरी विजयी भएको सुनार ले बताए । 

कैलाली क्षेत्र नं १ बाट सभापतिमा प्रकाश शाह विजयी

त्यस्तै कैलाली क्षेत्र नं १ मा नेपाली काँग्रेसको क्षेत्रीय सभापतिमा प्रकाश शाह विजयी भएका छन् । उनका प्रत्यासी भुवन अधिकारीलाई ५९ मतले हराउँदै सभापतिमा विजयी भएका प्रचार प्रसार समिति सदस्य नृप सुनारले बताए । भुवन अधिकारीले २०० मत ल्याएको उनले बताए । सबै कार्य समिति र महाधिवेशन प्रतिनिधिमा शाहको टिम नै विजयी भएको उनले बताए । 

कैलाली क्षेत्र नं ३ बाट सभापतिमा रिता चौधरी विजयी

कैलालीको क्षेत्र नं ३ मा पनि नेपाली काँग्रेसको क्षेत्रीय सभापतिमा रिता चौधरी विजयी भएकी छन् । उनले ३०८ मत ल्याएर विजयी भएकी हुन् । सभापतिका प्रत्याशी लोकेन्द्र भण्डारी लाई १५५ मत अन्तरले हराउँदै विजयी भएकी हुन् । भण्डारी ले भने १५३ मत ल्याएको उनले बताए । कार्य समिति र महाधिवेशन प्रतिनिधिमा चौधरी को टिम नै विजयी भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप