सामलिङ्ग पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत
बुधबार, ०८ मङ्सिर २०७८, १५ : ४०
सामलिङ्ग पावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बुधबार कम्पनीको ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । अब बिहीबारबाट यसको सेयर कारोबार पनि खुला हुनेछ ।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको सात लाख ३० हजार कित्ता, आयोजना प्रभावित बासिन्दाहरूका लागि निष्काशन गरेको पाँच लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३७ लाख ७० हजार कित्ता गरी ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि न्युनतम ९८ रुपैयाँ ७७ पैसा देखि २९६ रुपैयाँ ३१ पैसा ओपनिङ रेन्ज तोकिएको छ । त्यसअनुसार कम्पनीको सेयर बिहीबारबाट कारोबारमा आउनेछ । कम्पनीले ४.८ कात्तिकसम्म सात लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकाशको ‘घोडा चढेर’मा काजिश र गीताको अभिनय
-
फ्लाइट क्यान्सिल गरेर स्थलमार्गबाट काठमाडौँ हिँडे रवि
-
लिला पछाईंले पनि बुझाइन् धरौटी
-
प्रहरीमा २५ जना एसएसपी पद रिक्त, बढुवा हुन तीव्र प्रतिस्पर्धा
-
बौद्धिक पलायन रोक्न स्थानीय सेवालाई प्रदेश निजामती सेवाको अङ्ग बनाउनुपर्छ : अध्यक्ष भट्ट
-
आगामी वर्षदेखि चस्माको भ्याट र भन्सार लिँदैनौँ : मन्त्री पौडेल