शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामलिङ्ग पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत

बुधबार, ०८ मङ्सिर २०७८, १५ : ४०
बुधबार, ०८ मङ्सिर २०७८

सामलिङ्ग पावर कम्पनीको  सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बुधबार कम्पनीको ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । अब बिहीबारबाट यसको सेयर कारोबार पनि खुला हुनेछ ।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको सात लाख ३० हजार कित्ता, आयोजना प्रभावित बासिन्दाहरूका लागि निष्काशन गरेको पाँच लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३७ लाख ७० हजार कित्ता गरी ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि न्युनतम ९८ रुपैयाँ ७७ पैसा देखि २९६ रुपैयाँ ३१ पैसा ओपनिङ रेन्ज तोकिएको छ । त्यसअनुसार कम्पनीको सेयर बिहीबारबाट कारोबारमा आउनेछ । कम्पनीले  ४.८ कात्तिकसम्म सात लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप