अमेरिकाले लोकतन्त्र सम्मेलनमा ताइवानलाई डाकेपछि चीन क्रुद्ध

अमेरिकी सरकारले आगामी महिना आयोजना गर्न लागेको लोकतन्त्र सम्मेलनमा ताइवानलाई आमन्त्रण गरेपछि चीन क्रुद्ध बनेको छ । ताइवानलाई चीनले आफ्नै भएको दाबी गर्छ भने अमेरिकालगायत केही पश्चिमा मुलुकहरूले चीनलाई भड्काउन ताइवान मामिला उछालिरहेका छन् । तर, अमेरिका स्वयमले ताइवानलाई स्वतन्त्र देशको मान्यता दिएको छैन ।
डिसेम्बर ९ र १० तारिखमा अमेरिकाले लोकतन्त्र सम्मेलन आयोजना गर्दैछ । तर, यो सम्मेलनमा सहभागी हुन ह्वाइट हाउसले चीन र रसियालाई भने निम्तो पठाएको छैन । आफूले दाबी गरिरहेको ताइवानलाई चाहिँ सम्मेलनमा सहभागी हुन निम्तो पठाएपछि ह्वाइटहाउसँग बेइजिङ थप भड्किएको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयले भर्चुअल सम्मेलनमा ११० सहभागीहरूलाई निम्तो पठाएको छ । ताइवानलाई पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले निम्तो गरेका हुन् । चीनको स्टेट काउन्सिल ताइवान अफेयर्स कार्यालयले सो सम्मेलनमा अमेरिकाले ताइवानलाई निम्त्याउनु एक गल्ती भएको र अमेरिकाले यस्तो गल्ती दोहोर्याइरहेको उल्लेख गरेको छ । ताइवान द्विपबारे हुने कुनैपनि आधिकारिक कुराकानीको विरुद्धमा आफू रहेको पनि चिनियाँ अधिकारीहरूले बताएका छन् ।
चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सकाअनुसार ताइवान अफेयर्स कार्यालयकी प्रवक्ता जु फेंगलियानले बुधबार आयोजित एक पत्रकार सम्मेलनमा अमेरिकाले ताइवानलाई सम्मेलनमा डाक्नु एक गल्ती भएको बताएकी हुन् ।
उनले भनेकी छिन्, ‘अमेरिका र ताइवानबीच कुनै पनि प्रकारको आधिकारिक कुराकानीको हामी पूरापूर विरोध गर्छौं, अमेरिकी सरकारले एक चीन नीति मान्दै आएको छ, ताइवानकै विषयमा पनि अमेरिका र चीनले तीनवटा संयुक्त विज्ञप्ति जारी गरिसकेका छन् ।’
अघिल्लो साता ९ नोभेम्बर १६० मा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति बाइडेनबीच एक भर्चुअल बैठक भएको थियो । सो बैठक क्रममा पनि चिनियाँ राष्ट्रपतिले चीनलाई नियन्त्रण गर्नकै लागि केही अमेरिकी अधिकारीहरूले ताइवानलाई प्रयोग गरिरहेको बताएका थिए । सीले यसो गर्नु आगोसँग खेल्नु बराबर भएको र आगोसँग खेल्नेहरू जल्ने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर