अझै मिलेन महोत्तरीमा प्रतिनिधि चयन विवाद
![अझै मिलेन महोत्तरीमा प्रतिनिधि चयन विवाद](https://rpcdn.ratopati.com/media/albums/uml-mahottari_Pyj2XMpb0f.jpg)
नेकपा एमालेको १० औँ महाधिवेशन आउन दुई दिन मात्रै बाँकी रहँदा पनि महोत्तरीमा महाधिवेशन प्रतिनिधि चयन विवाद सुल्झिन सकेको छैन । महोत्तरीको निर्वाचन क्षेत्र नं. १, २ र ४ मा सहमति जुट्न नसकेको हो । निर्वाचन क्षेत्र नं. ३ मा भने कालीचन्द्र साह, रामआधार कापर, सिताराम झा, देवमनी देवी मण्डल र गीता महतोलाई सर्वसम्मत प्रतिनिधि चयन गरेको एमाले महोत्तरीका अध्यक्ष रामदयाल मण्डलले जानकारी दिए ।
जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकीले भने महोत्तरीका सबै क्षेत्रमा प्रतिनिधि चयन सर्वसम्मत भएको दाबी गरे । ‘सबैसँग सल्लाह गरेर नै सर्वसम्मतिमा नाम पठाइएको हो अहिले साथीहरूले विवाद गरिरहेका छन्,’ उनले भने । अर्को पक्षले भने इन्चार्ज बलाम्पाकीले कोठे निर्णय गरेको आरोप लगाएका छन् । उनको निर्णयमा असहमति हुँदाहुँदै जबर्जस्ती पेलेर जान खोजेको उनीहरूको आरोप छ ।
इन्चार्ज बलाम्पाकीले पठाएको नामलाई भने निर्वाचन आयोगले सदर गर्दै निर्वाचित भएको प्रमाणपत्र पठाएको छ । प्रमाणपत्र पाएपछि प्रतिनिधिहरूले धमाधम फेसबुकमा आफू निर्वाचित भएको घोषणा गरिरहेका छन् । अध्यक्ष रामदयाल मण्डलले कार्डलाई लिएर उत्सव नमनाउन आग्रह गर्दै उक्त कार्ड वैधानिक नभएको बताएका छन् ।
माओवादी केन्द्रबाट एकता प्रक्रियामा नेकपा एमाले रोजेका टेकबहादुर बलाम्पाकीले सहमति जुटाउन नसकेपछी आफुखुसी नाम राखेर पठाएको नेताहरूको आरोप छ । बलाम्पाकीले कतिपय संगठनमा आबद्ध नभएका व्यक्तिलाई समेत प्रतिनिधि चयन गरेकोमा हाम्रो असहमति छ,ु नेता सन्त परियारले भने ।
प्रतिनिधि चयन भएको भन्दै प्रमाणपत्र जारी गर्ने जिल्लामा गठन गरिएको निर्वाचन आयोगप्रति पनि रामदयाल पक्षले आपत्ती जनाएका छन् । केन्द्रबाट छनोट भएको निर्वाचन अधिकृतले प्रमाणीकरण गर्नुपर्नेमा जिल्लाबाट निर्वाचन समितिका उद्धव क्षेत्रीले मनपरी ढङ्गले वितरण गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती