शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

शासकले मोजमस्ती गरेपछि पाकिस्तानी जनताले कर तिरेनन् : इमरान खान

बुधबार, ०८ मङ्सिर २०७८, १४ : ५६
बुधबार, ०८ मङ्सिर २०७८

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूर्वशासकले मोजमस्ती गर्दा जनताले कर तिर्न छाडेको र अहिले देश चलाउने पैसा पनि नभएको बताएका छन् । राजधानी इस्लामवादमा ट्रयाक एण्ड ट्रयास प्रणाली उद्घाटन समारोहमा बोल्दै खानले वैदेशिक ऋण बढिरहँदा पाकिस्तानमा आर्थिक संकट गहिरिएको बताएका हुन् ।

पाकिस्तानमा कर तिर्ने संस्कृति नबस्नुको दोष पूर्व शासकहरूलाई दिँदै खानले भने, ‘उपनिवेश कालमा अङ्ग्रेजलाई किन कर तिर्ने भनियो, स्वतन्त्र भएपछि पनि शासक वर्गले कर संस्कृति स्थापित गर्न सकेनन्, उनीहरूको भद्दा जीवनशैलीकै कारण जनताले कर तिर्न मानेनन्, नेतालाई पोस्न किन कर तिर्ने भन्ने धारणा बन्यो,’ खानले भनेका छन् । 

आम्दानी कम र खर्च बढी हुँदा घर चलाउन मुस्किल परेजस्तै हालत यतिखेर पाकिस्तानले भोगिरहेको बताउँदै गर्दै खानले भविष्यका लागि बचत र लगानी मामिलामा पाकिस्तान पछि छुटिरहेको पनि उल्लेख गरे ।

अघिल्लो सरकारको पालामा पाकिस्तानको ऋण १० वर्षभित्रै ६ हजार ६ ट्रिलियनबाट बढेर ३० ट्रिलियन पाकिस्तानी रुपैयाँ पुगेको खानले बताए । सो अवधिमा पूर्वाधार निर्माणमा पनि खास काम नभएको तथा सोही कारण अहिले पाकिस्तान संकटमा परेको उनले खानले तर्क गरेका छन् ।

खानले आफ्नो नेतृत्वको सरकारले विदेशी ऋण चुकाइरहेको दाबी गरेपनि अर्थशास्त्रीहरूले भने सरकारले नयाँ ऋण लिएर खान सरकारले यस्तो गरेको तथा देशमाथि थप ऋण थपेको बताइरहेका छन्  खानको जारी कार्यकालमा पाकिस्तान सरकारले २० अर्ब डलर वैदेशिक ऋण भुक्तानी गरिसकेको छ । तर, पाकिस्तानको कूल वैदेशिक ऋण अहिलेसम्मकै उच्चस्तरमा पुगिसकेको छ । 

करिब २२ करोड जनसङ्ख्या रहेको पाकिस्तानमा २० लाख मानिसले मात्रै कर तिर्ने गरेका छन्  पाकिस्तान सरकारले कर तिर्न लगाउनुपर्ने १ करोड ५० लाख मानिसको पहिचान गरेको छ । खुद्रा बजारमा १८ ट्रिलियन बराबर कारोबार हुने गरेपनि तीन ट्रिलियन डलर बराबरको मात्रै हिसाब राख्न सकिएको खानले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप