शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा दैनिक थप नौ हजार नयाँ सङ्क्रमित

बुधबार, ०८ मङ्सिर २०७८, १४ : ५४
बुधबार, ०८ मङ्सिर २०७८

भारतमा कोरोनाभाइरसबाट थप नौ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नौ हजार २८३ जना नयाँ सङ्क्रमित थपिएका हुन । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख ११ हजार ४८१ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या ५३७ दिन पछिकै सवैभन्दा कम भएको मन्त्रालयको भनाई छ । 

भारतमा कोरोनाका कारण पछिल्लो एक दिनमा ४३७ जनाको मृत्यु भएको छ भने कुल मृतकको सङ्ख्या चार लाख ६६ हजार ५८४ पुगेको छ । सोही अवधिमा १० हजार ९४९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 
दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कम हुँदै गएको हो । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप