मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केन्द्रीय महाधिवेशनपछि मात्र काँग्रेस मकवानपुरको अधिवेशन

बुधबार, ०८ मङ्सिर २०७८, १४ : ४२
बुधबार, ०८ मङ्सिर २०७८

नेपाली काँग्रेस मकवानपुरको जिल्ला अधिवेशन सारिने भएको छ । बुधबार हेटौंडामा पत्रकारसँगको भेटघाटमा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश र केन्द्रीय महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन गर्ने निर्णय भएको जानकारी दिए ।

जिल्लाका पदाधिकारी, सल्लाहाकार, पूर्वअध्यक्षहरू र नवनिर्वाचित महाधिवेशन प्रतिनिधि, संघीय र प्रदेश सभापति र प्रतिनिधिहरुको छलफलबाट सर्वसम्मत रुपमा निर्णय गरी प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन पछिमात्र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको उनले बताए ।

मंसिर ६ गते मात्रै संघको क्षेत्रीय अधिवेशन सम्पन्न भएको र संघीयतापछि पहिलो पटक हुन गइरहेको काँग्रेसको बागमती प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हेटौंडामा नै सम्पन्न गर्नुपर्ने भएकाले जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशन पछि गर्ने निर्णय गरेको उनले बताए । 

हामीले भर्खरै जिल्लामा प्रदेश र संघीय निर्वाचन क्षेत्रहरुको अधिवेशनको सकेका छौं । अब मंसिर १० गते हामीले जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते बागमती प्रदेश अधिवेशनको गर्नुपर्ने छ । तर प्रदेश अधिवेशनको तयारीमा हामी सबै जुटेनु पर्ने भएकाले हामीले जिल्ला पदाधिकारी, पूर्वअध्यक्षहरु र सल्लाहकारसहितको बैठकले सर्वसम्मत रुपमा जिल्ला अधिवेशन प्रदेश र केन्द्रीय महाधिवेशन पछि सार्ने निर्णय गरेका छौं,’ उनले भने ।
उनले केन्द्रीय महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन गर्न निर्वाचन अधिकृत समक्ष अनुरोध गरेको बताए ।

उनले बागमती प्रदेश अधिवेशनलाई भव्य रुपमा सफल बनाउन आवश्यक व्यवस्थापनको काममा सक्रिय रुपमा खटिन सबै नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । संघीयता पछि पहिलो पटक हुन गइरहेको काँग्रेसको बागमती प्रदेशको अधिवेशन ऐतिहासिक र भव्य बनाउन हाम्रो महत्वपूर्ण जिम्मेवारी रहको उनको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप