निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहन्छ : प्रचण्ड
बुधबार, ०८ मङ्सिर २०७८, १४ : ३६

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहने बताएका छन् । गठबन्धनले समन्वय समिति गठन गरी सहकार्यलाई अघि बढाइसकेको भन्दै उनले पाँच दलीय गठबन्धन दिगो हुने बताए ।
बुधबार कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले जनताको अधिकार बिना माओवादी केन्द्रले संघर्ष गर्न नछोड्ने बताए । सहिद परिवार, बेपत्ता भएकाको परिवार, मजदुर, जनयुद्धका घाइते, अपाङ्ग, जनयुद्ध र जनआन्दोलनमा सहयोग गर्ने मजदुर तथा किसानको अधिकारका लागि माओवादी केन्द्रले संघर्ष गरिरहने उनको भनाइ थियो ।
उनले भूमिहीन सुकुम्बासीको समस्या चाँडै समाधान गर्ने आश्वासनसमेत दिए । देशमा माओवादी केन्द्र बलियो भयो भने देश र जनता पनि बलियो हुने भन्दै उनले देशभर अहिले माओवादी केन्द्रको पक्षमा जनलहर देखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत