मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो हुनेछ एमाले महाधिवेशनको स्टेज (भिडियोसहित)

भरतपुर महानगरभरि २० ठाउँमा एलसीडी बोर्ड राखिने
बुधबार, ०८ मङ्सिर २०७८, १४ : ३०
बुधबार, ०८ मङ्सिर २०७८

चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा हुन लागेको एमालेको १० औं महाधिवेशनका लागि मञ्च बनाउने काम अन्तिम चरणमा पुगेको छ । हालसम्म मञ्च व्यवस्थापनको काम ७५ प्रतिशत काम सकिएको एमाले केन्द्रीय सदस्य एवं स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।

नारायणी नदी किनारमा उद्घाटनका लागि मञ्च तथा सौराहास्थित होटल सेभेन स्टार छेउ बन्द सत्रका लागि हल निर्माणको काम सकिन लागेको हो । मञ्च निर्माण तथा व्यवस्थापनका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा.भरत पहाडीको प्राविधिक टिमले सघाइरहेको छ ।

नारायणी नदी किनारमा ४ वटा एलसीडी डिस्प्ले राख्ने काम सुरु भएको छ भने भरतपुर महानगरका विभिन्न २० स्थानमा उद्घाटन सभालाई प्रत्यक्ष रुपमा हेर्न एलसिडी बोर्ड राख्ने तयारी भइरहेको श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

महानगरका विभिन्न स्थानमा जुलुसमा सहभागी हुन आउने व्यक्तिहरुका लागि ती बोर्डहरु राख्न लागिएको हो । यस्तै कार्यक्रमस्थलबाट ठीक पारीको नारायणी किनारमा पनि झन्डै १ लाख सहभागीलाई राख्ने योजना बनाइएको छ । नदी पारी पनि एलसीडी बोर्ड राखिने र त्यहाँसम्म वारीबाट तार कसरी पठाउने भनेर प्राविधिक टोलीले अध्ययन गरिरहेको श्रेष्ठले बताए ।

महाधिवेशन स्थलमा सजावटका कामसमेत थालिएको छ । सभास्थलमा ड्रोन क्यामेराहरू प्रयोग गरिनेछन् । उद्घाटन स्थलका गतिविधि ड्रोनबाट लाइभ गरिनेछ । उद्घाटनको मञ्चमा पनि ठूला ठूला एलइडी टीभी सेट राखिने छ । जसमा मञ्चमा रहेका अतिथिले पनि सबैतिरको दृश्य हेर्न सक्ने व्यवस्था मिलाइने श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

यस्तै, मिडियाहरुलाई क्यामेरा राख्नका लागि मूल मञ्चको समदुरीमा छुट्टै बस्ने व्यवस्था गरिँदै छ । यद्यपि मिडियालाई प्रत्यक्ष प्रशारण गर्न सहजताका लागि एमाले नै ब्यवस्था गरेको क्यामेरा र प्रविधिको सहयोग लिन सकिने उनले बताए ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप