आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विद्यार्थी नेताहरूलाई प्रमको आश्वासन : सकेसम्म पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्छु

बुधबार, ०८ मङ्सिर २०७८, १४ : १४
बुधबार, ०८ मङ्सिर २०७८

संयुक्त विद्यार्थी संगठनका नेताहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री देउवालाई बुधबार बिहान बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहका अनुसार ज्ञापनपत्र बुझाउने क्रममा मूल्यवृद्धिका विषयमा सडकमा विद्यार्थी संगठनले उठाएको मागप्रति सरकार गम्भीर रहेको भन्दै प्रधानमन्त्री देउवाले जायज माग सम्बोधन गरिने भन्दै विद्यार्थी संगठनका नेताहरूलाई ढुक्क रहन आग्रह गरेका थिए । प्रधानमन्त्रीले मूल्यवृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले सम्बन्धित निकायसँग परामर्श गरेर मूल्य सम्भव भएसम्म समायोजन गर्ने प्रयास हुने आश्वासन प्रधानमन्त्रीले दिएको अध्यक्ष सिंहले जानकारी दिइन् ।

ज्ञापन–पत्रमा अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रूपनारायण श्रेष्ठ, विप्लव निकट अखिल(क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही ,मोहन वैद्य निकट अखिल (क्रान्तिकारी )अध्यक्ष हरिकृष्ण गजुरेललगायतले हस्ताक्षर गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप