सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : जुम्ला सभापतिमा कर्णबहादुर शाही विजयी

बुधबार, ०८ मङ्सिर २०७८, १३ : ५४
बुधबार, ०८ मङ्सिर २०७८

नेपाली काँग्रेस जुम्लाको ७ औँ अधिवेशनमा जिल्ला सभापतिमा कर्णबहादुर शाही विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी दिपबहादुर शाहीलाई पाँच मतले पराजित भएका हुन् ।  यसअघि दिपबहादुर वर्तमान जिल्ला सभापति हुन् । तत्कालीन काँग्रेस सभापति मानव सेजुवालको नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी समेत पाएका थिए । 

दिपबहादुर शाहीले झन्डै दुई कार्यकाल जिल्ला सभापतिसमेत चलाएका थिए । उनी यो पटक काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट सभापतिका उम्मेदवार थिए । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा प्यानलबाट सभापतिको उम्मेदवारी घोषणा गरेका कर्णबहादुर शाही यसअघिका कांग्रेस जुम्लाका सचिव हुन् । 

प्रदेशका दुई निर्वाचन क्षेत्रमा गरेर ६० मतले देउवा पक्ष पछाडि थियो । देउवा प्यानलबाट सभापतिमा कर्णबहादुर शाहीले पाँच मतले विजयी हासिल गरेको मुख्य निर्वाचन अधिकृत हसिना प्रधानले बताइन् ।  उनले भनिन्, ‘पौडेल प्यानलबाट सभापतिका उम्मेदवार दीपबहादुर शाही पराजित भए पनि उपसभापतिमा दिपक शाही र कार्मा बुढा, सचिवमा गोल्डेन कठायत र लक्ष्मण शाही, सहसचिवमा धनेन्द्र बोहोरा र नन्दप्रसाद चौलागाई पौडेल पक्षबाट विजयी भएका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप