काँग्रेस अधिवेशन : जुम्ला सभापतिमा कर्णबहादुर शाही विजयी
नेपाली काँग्रेस जुम्लाको ७ औँ अधिवेशनमा जिल्ला सभापतिमा कर्णबहादुर शाही विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी दिपबहादुर शाहीलाई पाँच मतले पराजित भएका हुन् । यसअघि दिपबहादुर वर्तमान जिल्ला सभापति हुन् । तत्कालीन काँग्रेस सभापति मानव सेजुवालको नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी समेत पाएका थिए ।
दिपबहादुर शाहीले झन्डै दुई कार्यकाल जिल्ला सभापतिसमेत चलाएका थिए । उनी यो पटक काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट सभापतिका उम्मेदवार थिए । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा प्यानलबाट सभापतिको उम्मेदवारी घोषणा गरेका कर्णबहादुर शाही यसअघिका कांग्रेस जुम्लाका सचिव हुन् ।
प्रदेशका दुई निर्वाचन क्षेत्रमा गरेर ६० मतले देउवा पक्ष पछाडि थियो । देउवा प्यानलबाट सभापतिमा कर्णबहादुर शाहीले पाँच मतले विजयी हासिल गरेको मुख्य निर्वाचन अधिकृत हसिना प्रधानले बताइन् । उनले भनिन्, ‘पौडेल प्यानलबाट सभापतिका उम्मेदवार दीपबहादुर शाही पराजित भए पनि उपसभापतिमा दिपक शाही र कार्मा बुढा, सचिवमा गोल्डेन कठायत र लक्ष्मण शाही, सहसचिवमा धनेन्द्र बोहोरा र नन्दप्रसाद चौलागाई पौडेल पक्षबाट विजयी भएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झ्याप्ले खोलामा अवरुद्ध सडक खुल्यो, १७ सय सवारी काठमाडौँ भित्रिए
-
इजरायलमाथि जमिनबाट आक्रमण गर्न तयार छौँ : हिजबुल्लाह
-
अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता
-
३ वटा गाडीमा पुरिएका ३५ मध्ये १३ जनाको सनाखत
-
ओली आउने भएपछि विमानस्थलका अन्य उडान बन्द
-
पहिरोमा परेर मृत्यु भएका सेनाका कर्णेल केसीको पशुपतिमा अन्त्येष्टि (तस्बिरहरु)