शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : फेरि सचिवमै दोहोरिने योगेश भट्टराईको अपेक्षा

बुधबार, ०८ मङ्सिर २०७८, १३ : ३०
बुधबार, ०८ मङ्सिर २०७८

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको दशौं महाधिवेशनमार्फत आफूले पुनः सचिवकै जिम्मेवारी सम्हाल्ने अपेक्षा गरेका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उम्मेदवारी घोषणा नभए पनि सचिवकै जिम्मेवारी पुनः सम्हाल्ने अपेक्षा गरेका हुन् ।

आफू भर्खरै चितवन आइपुगेको र देशभरबाट महाधिवेशन प्रतिनिधिहरू आउने क्रम सुरु भएको भन्दै उनले सबैसँग सल्लाह लिएर अघि बढ्ने जानकारी दिए । एमालेमा कार्यकारी भूमिका निर्वाह गर्न आफूसँग अझै १५ वर्ष बाँकी रहेकाले अहिले नै ठुलो पदमा पुग्ने आकांक्षा नराखेको उनको भनाइ थियो ।

उनले पार्टीभित्र अहिले पनि समूह रहेको तर त्यो समूह भनेको एमाले नै रहेको पनि बताए । उनले महाधिवेशनको उद्घाटन सत्रलाई भव्य बनाइने र चितवनका हरेक घरमा उद्घाटन सत्रमा सहभागिताका लागि निमन्त्रणा पठाइएको जानकारीसमेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप