संघीयता खारेजीसहित २८ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

समाजवादी केन्द्र नेपालले संघीयता खारेजीसहित विभिन्न २८ वटा माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । बुधबार सो पार्टीका अध्यक्ष युवराज सफलको नेतृत्वमा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाइएको हो । आफ्ना माग पूरा गर्न सो पार्टीले प्रधानमन्त्री देउवालाई ३५ दिनको समयसीमा दिएको छ । निर्धारित समयभित्र माग पूरा नभएमा आफूहरु जनविद्रोहमा जाने तथा जनकारवाहीमा जाने चेतावनी पनि ज्ञापनपत्रमार्फत दिइएको छ ।
सो पार्टीले संघीयता खारेज गरी नयाँ ढंगले राज्य पुनर्संरचना गर्न, एमसीसी सम्झौता खारेज गर्न, धर्म निरपेक्षता खारेज गरी वैदिक सनातनी धार्मिक व्यवस्था कायम गर्न माग गरेको छ ।
यस्तै, उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गर्न, सर्वपक्षीय बृहद् राष्ट्रिय राजनीतिकसभा आयोजना गरी संविधान संशोधन गर्न, कालापानी, लिम्पियाधुरा र लिपुलेकका नागरिकलाई राष्ट्रिय जनगणनामा सामेल गराउन पनि सो पार्टीले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यस्त खेल तालिकाबिच दक्षिण अफ्रिकी क्रिकेट टोलीका प्रमुख प्रशिक्षकको राजीनामा
-
दम्पतीबिच कलह : दुई महिना अघि बिहे, इन्डोनेसियामा हनिमुन, शारीरिक सम्बन्ध राख्न अस्वीकारदेखि घरमै धर्नासम्म
-
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडबिच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्र हस्ताक्षर
-
प्रधानमन्त्री ओली र मोदीबिच शुक्रवार बैंककमा भेटघाट हुने
-
क्रिकेटमा अनु कडायतको छलाङ : क्यानको प्रशिक्षण क्याम्पमा सामेल
-
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार