काँग्रेस महाधिवेशन : बागलुङ क्षेत्र नम्बर १ मा शर्मा विजयी
बुधबार, ०८ मङ्सिर २०७८, १२ : ४५
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको चुनावमा बागलुङ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा चण्डीप्रसाद शर्मा विजयी भएका छन् । शर्माले प्रतिस्पर्धी खड्गबहादुर थापालाई ४ मत अन्तरले हराउँदै सभापति पदमा विजयी भएका हुन् ।
सभापतिमा निर्वाचित शर्माले ४५४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी थापाले ४५० मत प्राप्त गरेका छन् । निर्वाचित शर्मा रामचन्द्र पौडेल समूहबाट निर्वाचनमा उठेका हुन् । शर्माको प्यानलबाटै सचिवमा जयराम भारी र गोविन्द पौडेल (गोपाल), सह–सचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस