डिला संग्रौलाको पुस्तक लोकार्पण

नेपाली काँग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘काँग्रेसको अबको बाटो’ लोकार्पण भएको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले डा. संग्रौलाद्वारा लिखित पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पणपछि उनले लेखक नेपाली काँग्रेसकी लोकप्रिय नेता भएको उल्लेख गर्दै पार्टीको महाधिवेशन आइरहेको बेलामा सो पुस्तकले महाधिवेशनका सहभागीहरुलाई पढेर लाभ लिने मौका मिल्ने बताए ।
पुस्तक लेखक डा. संग्रौलाले नेपाली काँग्रेसलाई आगामी दिनमा कसरी अगाडी बढाउनुपर्छ भन्ने सम्बन्धमा पार्टी भित्र र बाहिर व्यापक बहस सिर्जना गर्ने उद्देश्यले पुस्तक लेखेको बताइन् । उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मुल मर्ममा टेकेर काँग्रेसका कमी, कमजोरीहरूलाई केलाउँदै पुस्तक लेखेको पनि उल्लेख गरिन् । पार्टीको १४ औँ महाधिवेशनमा यो पुस्तकलाई नै एजेण्डा बनाएर आफ्ना साथीहरु समक्ष लैजाने अठोट गरेको उनले बताइन् ।
१३९ पृष्ठको पुस्तक डा. डिला संग्रौला पन्तको सचिवालयले प्रकाशन गरेको हो । पुस्तकमा नेपाली काँग्रेसको संक्षिप्त इतिहास, नेपाली काँग्रेसको सैद्धान्तिक स्पष्टता, नेपाली काँग्रेसका उपलब्धीहरु, नेपाली काँग्रेसको अबको बाटो, राष्ट्रवादको कसीमा काँग्रेस, जनताले चाहेको अबको काँग्रेस, अमूल्य योगदानका अग्रजहरू र १४ औँ महाधिवेशनका एजेण्डाहरु गरी ८ वटा उपशीर्षकमा लेखहरू लेखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनका विदेशमन्त्री र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारबिच के छलफल भयो?
-
युक्रेनसँग ‘सिधा वार्ता’ गर्ने पुटिनको प्रस्ताव
-
तरुण दल चौतारा नगरपालिका अध्यक्षमा अमिर तामाङ निर्वाचित
-
मेस्सीले ८६०औँ गोल गरेको खेलमा मिनेसोटासँग हार्यो इन्टर मियामी
-
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
-
आम जनता पार्टीले देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने