शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राती बारम्बार पिसाब आइरहन्छ ? यो गम्भीर रोगको लक्षण हुनसक्छ, यसबाट कसरी बच्ने ?

बुधबार, ०८ मङ्सिर २०७८, १२ : २०
बुधबार, ०८ मङ्सिर २०७८

के तपाईंलाई राती बारम्बार पिसाब आउँछ ? यो नोक्टुरिया पनि हुनसक्छ । आधा रातमा बारम्बार शौचालय जानुपर्ने समस्यालाई नोक्टुरिया भनिन्छ । यो समस्या धेरैजसो ५० वर्ष वा सोभन्दा बढी उमेरका मानिसमा यस्तो समस्या देखिने गर्छ तर थुप्रै कारणले यो कम उमेरमा पनि हुनसक्छ ।

अमेरिकाको नेशनल हेल्थ सर्भिस (एनएचएस) को एक रिपोर्ट अनुसार राती बारम्बार पिसाब लाग्नु युरेथ्रा अर्थात् मूत्रमार्गमा बढ्दो ट्युमरको् पनि कारण हुनसक्छ । वास्तवमा नोक्टुरिया प्रोस्टेट क्यान्सरको उपचारमा पनि प्रयोग हुने रेडिएशनको साइड इफेक्टको कारण पनि हुनसक्छ । विशेषज्ञका अनुसार यदि राती तपाईं दुई पटक भन्दा बढी शौचालय जानुहुन्छ भने यो ठूलो रोगको संकेत हुनसक्छ ।

सुन्दा यो साधारण समस्या लाग्ला तर बारम्बार निद्राबाट उठेर शौचालय गएका कारण निद्रा खराब त हुन्छ नै यसले पछि गएर तनाव, चिडचिडापन र थकानजस्ता समस्या पनि हुन्छन् । यदि यस्तो समस्या तपाईंलाई पनि छ भने डाक्टरको सल्लाह पक्कै पनि लिनुहोस् ।

नोक्टुरिया के हो ? यस्ता समस्या क–कसलाई देखिन्छ ?

नोक्टुरिया पोस्टेट क्यान्सरको लक्षण हुनसक्छः

– प्रोस्टेट पुरुषको मूत्रनली नजिकै पाइने एउटा ग्रन्थी हो ।

– साधारणतया प्रोस्टेट क्यान्सरका लक्षण धेरै समयपछि देखिन्छ ।

– प्रोस्टेटमा ट्युमर भएका कारण युरिन ट्युबमा दबाब पर्छ ।

– यस्ता मानिसलाई दिनको तुलनामा राती बारम्बार पिसाब लाग्छ ।

– थुप्रै पुरुष यो रोगसँगै लामो समयसम्म उपचार बिना नै बसिरहेका हुन सक्छन् ।

– यदि तपाईंमा पनि यस्तै समस्या देखिएको छ भने डाक्टरको सल्लाह लिनुहोस् ।

नोक्टुरिया यी रोगका कारण हुने गर्छः

मुटु र मृगौलाको समस्याः

राती मृगौलामा असाध्यै धेरै तरल पदार्थ जम्मा हुने गर्छ, यसैकारण बारम्बार शौचालय जानुपर्ने स्थिति निम्तिन सक्छ ।

गर्भावस्थाः

गर्भावस्थामा पाठेघर ठूलो हुन थाल्छ जसका कारण पिसाब थैलीमा दबाब बढ्ने गर्छ र बारम्बार शौचालय जानुपर्ने हुनसक्छ ।

डायबिटिज इन्सिपिडसः

यो अवस्थामा असाध्यै धेरै प्यास लाग्छ । राती बारम्बार पिसाब लाग्छ ।

उच्च रक्तचापः

उच्च रक्तचापको औषधीले मृगौलामाथि अतिरिक्त तरल पदार्थ बाहिर निकाल्नका लागि दबाब दिने गर्छ । यसकारण राती बारम्बार शौचालय जानुपर्ने स्थिति पैदा हुन्छ ।

नोक्टुरिया यी कारणले पनि हुनसक्छः

सुत्नु अघि धेरै पानी, रक्सी वा क्याफिनयुक्त पेय पदार्थ लिनु

पिसाब थैलीमा संक्रमण वा अति सक्रिय हुनु

पिसाब थैलीमा पत्थरी हुनु ।

निद्राबाट ब्यूँझने वा अबेर रातीसम्म निद्रा नलाग्नुका कारण

कब्जियतका कारण

यस्तो गल्ती गर्नबाट जोगिनुहोस्ः

राती बारम्बार शौचालय जानबाट बच्नका लागि कम पानी पिउनु ।

पर्याप्त मात्रामा पानी नपिएका कारण कब्जियत हुनसक्छ ।

यसबाहेक पिसाब थैली खुम्चिन्छ र शौचालयको समस्या बढ्छ ।

उमेरसँगै बढ्छन् यी समस्याः

५० देखि ५९ वर्षका दुई महिलामध्ये एक महिला र तीन पुरुषमध्ये एक पुरुष नोक्टुरियाका समस्याबाट पीडित हुन्छन् ।

८० वा सोभन्दा बढी उमेरका १० महिलामध्ये सात महिला र १० पुरुषमध्ये ९ पुरुष नोक्टुरियाद्वारा पीडित हुन्छन् ।

नोक्टुरियाबाट बच्न यी उपाय अपनाउनुहोस्ः

क्याफिन वा रक्सी कम मात्रामा खानुहोस्, विशेषगरी सुत्नु अघि

– राती मसालेदार र लिक्विड डाइट लिनबाट बच्नुहोस्

दिउँसो केही घण्टा आफ्नो खुट्टा माथि उठाएर आराम गर्नुहोस् ।

कब्जियतबाट जोगिनका लागि खानामा फाइबरको मात्रा बढाउनुहोस् ।

पेल्विक फ्लोर मसल्स र पिसाब थैलीलाई बलियो बनाउने व्यायाम गर्नुहोस् ।

समस्या बढ्दा डाक्टरलाई पक्कै पनि देखाउनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप