शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतन्त्रबारे अमेरिकाले सम्मेलन गर्दै, चीन र रसियालाई निम्तो दिइएन

बुधबार, ०८ मङ्सिर २०७८, ११ : ४१
बुधबार, ०८ मङ्सिर २०७८

अमेरिकाले आगामी महिना लोकतन्त्रबारे सम्मेलन गर्ने भएको छ । यही डिसेम्बर ९ र १० गते गर्न लागिएको भर्चुअल  सम्मेलनमा चीन र रसियालाई भने बोलाइएको छैन । भारत, पाकिस्तान र इराकसहित अमेरिकाका गठबन्धन देशहरूलाई भने बोलाइएको छ ।

चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला राष्ट्रपति जोन बाइडेन प्रशासनले आयोजना गर्न लागेको सम्मेलनलाई विश्व समुदायले चासोपूर्वक हेरिरहेको छ । अमेरिकी विदेश मन्त्रालयकाअनुसार सम्मेलनमा ११० देशलाई निम्ता दिइएको छ । 

सम्मेलनमा चीनले आफ्नो अभिन्न राज्य मान्दै आएको ताइवानलाई समेत बोलाइएको छ । तर, अफगानिस्तान, बंगलादेश, श्रीलंका र टर्कीलाई  बोलाइएको छैन् । ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्न चीनले अन्य देशहरूलाई दबाब दिइरहेका बेला सम्मेलन आयोजना हुँदैछ । आफ्नो स्वतन्त्रताका बारेमा चीनलाई बोल्ने अधिकार नभएको ताइवानले बताउँदै आएको छ । 

ताइवान मामिलामा चीनले आक्रमण गरे आफूले हेरेर नबस्ने अमेरिकाले बताउँदै आएको छ । एक साताअघि चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भएको भर्चुअल संवादमा राष्ट्रपति सीले अमेरिकालाई आगोसँग निहुँ नखोज्न चेतावनी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप