ad

कपिल शर्मा शोकी पाहुना स्मृति ईरानीलाई गार्डले चिनेनन्, रुष्ट मन्त्री सुटिङ नगरी फर्किइन्

person explore access_timeमंसिर ८, २०७८ chat_bubble_outline0

 


आफ्नो किताब ‘लाल सलाम’ को प्रोमोशनका लागि कपिल शर्मा शोमा पुगेकी भारतकी केन्द्रीय मन्त्री स्मृति ईरानीलाई सेटका गार्ड नै चिन्न सकेनन् र सेटमा जान रोके । रिसाएकी मन्त्री सुटिङ नगरीकनै फर्किइन् । उनी यो शोमार्फत् आफ्नो किताबबारे कुरा गर्ने तयारीमा थिइन् ।



जब कपिल र उनको प्रोडक्सनका टीमलाई यो कुरा थाहा भयो तब हल्लाखल्ला मच्चियो । त्यसपछि प्रोडक्सन टीमले स्मृति इरानीसँग कुरा गर्न असाध्यै धेरै कोसिस गर्यो तर अन्ततः सुटिङ नै रद्द गर्नुपर्यो । त्यसपछि ठूलो संख्यामा प्रहरी बल त्यहाँ  पुग्यो र कपिलको प्रोडक्सन टीमबाट निकै बेरसम्म कुराकानी चल्यो । जब कुरा हुन सकेन, तब प्रोडक्सन टीमले सेटसँग सम्बन्धित मानिसलाई घर जान भने ।



केही भने पनि गार्डले प्रवेश दिएनन्ः



स्रोतका अनुसार केन्द्रीय मन्त्री उनका ड्राइभर र दुई जनाको समूहमा शोको सुटिङका लागि बेलुकी कपिल शर्माको सेटमा पुगेकी थिइन् । प्रवेश द्वारमा त्यहाँका सुरक्षाकर्मी अन्नाले उनलाई पहिचान गर्न सकेनन् र उनलाई प्रवेश गर्न दिएनन् । स्मृतिले ती सुरक्षाकर्मीलाई आफूलाई सेटमा एपिसोडको सुटिङका लागि निम्तो दिइएको बताइन् । यसबारे सुरक्षाकर्मीले भने, ‘हामीले कुनै आदेश पाएका छैनौं । माफ गर्नुहोस् म्याडम, तपाईं भित्र जान पाउनुहुन्नँ ।’



जोमेटोको डेलिभरी गर्ने व्यक्ति कुनै रोकटोक बिना भित्र गएः



स्मृति निकै बेरसम्म सुरक्षाकर्मीलाई सम्झाउने कोसिस गर्छिन् तर उनी कसैगरी मानेनन् । त्यति नै बेला जोमेटोका खाना लिएर एक व्यक्ति आए । सुरक्षाकर्मीले उनलाई केही सोधपुछ बिना नै जान दिए । यसबारे केन्द्रीय मन्त्री असाध्यै रिसाइन् । जानकारीका अनुसार उनले निर्माताको समूह र कपिल शर्मालाई पनि फोन गरे तर कुरा हुन सकेन । अन्ततः रिसाएर स्मृति इरानी सुटिङ नगरिकनै फिर्ता भइन् ।

मन्त्रीलाई रोकेको थाहा हुने बित्तिकै गार्डले फोन बन्द गरेः

भारतीय सञ्चार माध्यमका अनुसार जब सुरक्षाकर्मीलाई आफूले मन्त्रीलाई नै रोकेको भन्ने थाहा भयो तब उनी त्यहाँबाट भागे । उनले आफ्नो फोन पनि बन्द गरेका छन् । यता निर्माण पक्षले लगातार कोसिसपश्चात् पनि स्मृति इरानीलाई सुटिङमा फर्कन आग्रह गरेपनि उनी मानिनन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।