सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

इलाम २ को महाधिवेशन प्रतिनिधि चयनमा संस्थापनइतर समूह बलियो

बुधबार, ०८ मङ्सिर २०७८, ११ : २३
बुधबार, ०८ मङ्सिर २०७८

नेपाली काँग्रेस इलाम क्षेत्र नम्बर २ मा पनि संस्थापन इतर समूह नै बलियो देखिएको छ । महाधिवेशन प्रतिनिधिको निर्वाचनमा संस्थापन इतर समूहको प्यानलबाट धेरै निर्वाचित भएका छन् । २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित क्षेत्र नम्बर २ मा संस्थापन शेरबहादुर देउवा निकट १० जना निर्वाचित भएका छन् । १५ जना संस्थापन इतर समूहको प्यानलबाट निर्वाचित भएको बताइएको छ । 

१० जना महाधिवेशन प्रतिनिधि चयन हुने खुलातर्फ भेषराज आचार्य (६६५), तारा थापा (६३०), होम दुलाल(६०५),  पूर्णप्रसाद गौतम (५८२), केशव थापा (५७१), केदार थापा (५५५) हरिप्रसाद खनाल (५४०) गोविन्द गिरी (५३९), नगेन्द्र कुमाल (५३८) र  हिमाल कर्माचार्य (५०३) मत पाएर निर्वाचित भएका छन् ।

त्यस्तै खुला महिलातर्फ प्रेमिका राना मगर (६३९), विष्णु दाहाल(६१३), चन्दा कार्की (४५९) र शान्तिकला तामाङ राई (४५१) मतसहित महाधिवेशन प्रतिनिधि चयन भए । खस आर्यतर्फबाट राजकुमार कार्की (३६०), लक्ष्मण चम्लागाई (३५३), खसआर्य महिलातर्फबाट विमला भण्डारी (४६३) महाधिवेशन प्रतिनिधि चयन भएका छन्  ।

यस्तै आदिवासी जनजातितर्फ खगेन्द्र देवान (८०८), ईश्वर चिपालु (५९३) र वसन्त थाम्सुहाङ(५८१), आदिवासी जनजाति महिलातर्फ चन्द्रमाया लिम्बू (६८३), बबिता लिङ्देन(५१४) र जुनुकुमारी माखिम (४५५) निर्वाचित भएका छन् । दलित कोटाबाट धनमान बराइली(४७३) र अल्पसंख्यककोटाबाट देवेन्द्र मुखिया (४९३) मत पाएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप