प्रीति जिन्टालाई यी अभिनेताले चिनेनन्, सोसल मिडियामा माफी मागे
भारतीय फिल्म तथा टेलिभिजनका अभिनेता, निर्माता र निर्देशक अभिनेता सञ्जय खानले सोसल मिडियामा एउटा स्वीकारोक्ति गरेका छन् । उनी दुबईको फ्लाइटमा प्रीति जिन्टालाई चिन्न असफल भएका थिए । यसका लागि सञ्जयले ट्वीटरमा एउटा पोस्टमार्फत् प्रीतिसँग माफी मागे । सञ्जयले प्रीतिलाई त्यतिबेला चिन्न सकेनन् जब उनकी छोरीले प्रीतितर्फ इशारा गरिन् ।
प्रीतिलाई फिल्ममा देखेका थिएः
सञ्जय खानले आफ्नो ट्वीटर ह्यान्डलमा लेखे, ‘प्रिय प्रीति – एक सज्जनको रुपमा मैले माफी माग्नु आफ्नो कर्तव्य ठाने । जब मेरी छोरी सिमोनले तपाईंलाई दुबईको फ्लाइटमा देखाइन् तब तपाईंलाई चिन्न सकिनँ । ’ सञ्जयले थपे, ‘जिन्टा भनेको भए सायद म चिन्न सक्थेँ किनभने मैले तपाईंलाई थुप्रै फिल्ममा तपाईंको सुन्दर अनुहार देखेको छु ।’
Dear Preity- as a gentleman I thought its my duty to apologise tht I couldn't recognize you when my daughter Simone introduced you on a flight to dubai. Only if Zinta was uttered I would have remembered you as I have seen many of ur films with ur beautiful face.@realpreityzinta
— Sanjay khan (@sanjaykhan01) November 22, 2021
सात वर्षपछि फिल्ममा फर्किइन् प्रीतिः
प्रीति हालै जुम्ल्याहा सन्तानकी आमा बनेपछि पुनः चर्चामा आएकी थिइन् । प्रीति र उनका श्रीमानल् सोसल मिडियामा सरोगेसीमार्फत् जन्मिएका बच्चाको नाम त बताए तर उनीहरुको अनुहार लुकाएर राखे । उनले जीनसँग एउटा सेल्फीसहित उनको नाम जिया जिन्टा गुडइनफ र जय जिन्टा गुडइनफ बताएका छन् । वर्क फ्रन्टको कुरा गर्ने हो भने प्रीतिलाई अन्तिम पटक सन् २०१८ मा भैयाजी सुपरहिटमा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान