बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अर्घाखाँचीमा पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित

बुधबार, ०८ मङ्सिर २०७८, १० : ३२
बुधबार, ०८ मङ्सिर २०७८

नेपाली काँग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले कुल १ हजार ४ सय १८ मतमध्ये ७ सय ३१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी इन्द्रमणि पौडेलले ३ सय ५२ मतमै चित्त बुझाए ।

अर्का प्रत्यासी यादवप्रसाद घिमिरेले ३ सय ९ मत पाए ।  २७ मत बदर भएको छ । पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षीय घिमिरेले सबैभन्दा कम मत प्राप्त गरेका हुन्  । 

देउवा पक्षका केन्द्रीय सदस्य पुष्पा भुसाल र  मानबहादुर विश्वकर्माले घिमिरेलाई उम्मेदवार बनाएका थिए । श्रेष्ठलाई पौडेल पक्षका डा। रामबहादुर बिसीलगायतका नेताको समर्थन  थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप