शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङ १ को क्षेत्रीय सभापतिमा देउवा पक्षका पाण्डे निर्वाचित

बुधबार, ०८ मङ्सिर २०७८, १० : ०८
बुधबार, ०८ मङ्सिर २०७८

दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी सर्वजित डिसीलाई हराउँदै उनी जिल्ला सभापति बनेका हुन् । पाण्डेले ४ सय २२ मत प्राप्त गर्दा डिसीले २ सय ५७ मतमै चित्त बुझाए । 

पाण्डे अहिले पनि क्षेत्रीय सभापति हुन् । पाण्डेको टीम नै निर्वाचित भएको छ । उनी केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन् । यस्तै सचिव खेमलाल चौधरीले ४२१ र हरिहर शर्मा ४०० मत ल्याएर विजय भएका छन् । उनीहरुका पराजित भएका कृष्णकुमार चौधरी २३५  र राजेन्द्र खड्का २३८ मत ल्याएका थिए ।

यस्तै सहसचिव गोविन्दकुमार वली ४६३ र प्रकाशकुमार जिसी ४०८ मत पाएर निर्वाचित भएका छन् । यता मीनराज अधिकारी २४२ र जमिर साह १८३ मत प्राप्त गरेर पराजित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप