रोनाल्डोको गोलमा म्यानचेष्टर युनाइटेड अन्तिम १६ मा

मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेपछिको पहिलो खेलमै इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड विजयी हुँदै युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थानमा पुगेको छ ।
मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियलमाथि २(० को सहज जित निकाल्दै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको हो ।
युनाइटेडको जितमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र जाडोन सान्चोले १(१गोल गरे । खेलको ७८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । रोनाल्डोको यो ८०० औँ खेल हो ।
९० मिनेटपछि थपिएको समयमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडको जित पक्का गरे । जितसँगै अन्तरिम प्रशिक्षक माइकल क्यारिकले पहिलो प्रशिक्षणमा युनाइटेडलाई जित दिलाउन सफल भए ।
समूह ‘एफ’ को अर्को खेलमा योङ ब्वाइज र एटलान्टाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । समूहमा एक खेल बाँकी रहँदा युनाइटेड ५ खेलबाट १० अंक बनाएर शीर्ष स्थानमा छ । पराजित भिल्लारियलसँग ७ अंक छ । एटलान्टाको ६ तथा योङ ब्वाइजको ४ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
युनाइटेड नकआउट चरणमा स्थान बनाउँदा भिल्लारियल र एटलान्टालाई अर्को चरणमा प्रवेश गर्ने मौका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेको प्रदर्शन : कतिजना हिरासतमा छन्, को-को छुटे ?
-
ध्यानु र सोवर्णी गाईका स्वभाव, जसले मलाई मानिसको प्रवृत्ति बुझ्न प्रेरित गरे
-
प्रधानसेनापतिद्वारा विजयी क्लब र खेलाडीलाई पुरस्कार प्रदान
-
प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने ?
-
राजावादीलाई प्रधानमन्त्रीको जवाफ : जेठ १५ मा प्रतिगामी सपना पूरा हुँदैन
-
शिक्षा मन्त्रालयले रोक्यो कोरियाको एनओसी