शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आजदेखि तानसेन–तम्घास खण्डको सडक दैनिक ११ घण्टा बन्द हुने

बुधबार, ०८ मङ्सिर २०७८, ०९ : ५०
बुधबार, ०८ मङ्सिर २०७८

आजदेखि तानसेन तम्घास सडकखण्ड १५ दिन दैनिक ११ घण्टाका दरले  बाटो बन्द  गर्ने पाल्पा –सडक डिभिजन कार्यालयले जनाएको छ । सडक फराकिलो बनाउनको लागि कार्यालयले मंसिर ८  आजदेखि मंसिर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गर्ने जनाएको  सूचना जारी गरेको छ ।

तानसेन तम्घास सडकखण्डको रिब्दीकोटको जोर्ते क्षेत्रमा बाटो फराकिलो गर्दा उक्त सडकमा सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारीसाधनलाई संचालन गर्न नदिने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताएका छन् ।

सडक कार्यालयले विगत दुई सातादेखि सिद्धार्थ राजमार्गको झुम्सा क्षेत्रमा बाटो निर्माण गर्न भन्दै रातिको समयमा बाटो बन्द गर्दैै आएको छ । राती बन्द गराउँदा बुटवलबाट , पोखरा ,गुल्मी जाने सवारीबीच बीचमा  रोकिनु परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप