दूध तथा दुग्ध पदार्थको मूल्य बढाउने तयारी
![दूध तथा दुग्ध पदार्थको मूल्य बढाउने तयारी](https://rpcdn.ratopati.com/media/albums/milk_hD9cdA612r.jpg)
सरकारले प्रशोधित दूध तथा दुग्ध पदार्थको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास संस्थान, दुुग्ध विकास बोर्ड, नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागको सहकार्यमा दूध तथा सम्पूर्ण दुग्ध पदार्थको मूल्य बढाउने तयारी गरिएको हो ।
महामारीका कारण उत्पन्न असहज परिस्थितिले गर्दा पछिल्लो समय पशुचौपायालाई खुवाउने दाना, चोकर र परालको मूल्य महँगिएकाले दूध तथा दुग्ध पदार्थको उत्पादनमा किसानको लागत मूल्य दिनप्रतिदिन बढ्दै गएकाले मूल्य बढाउनुपर्ने बाध्यता आएको बताइएको छ ।
राष्ट्रिय दुग्ध विकास संस्थानले तोकेको मूल्यअनुसार अहिले प्रशोधित दूधको मूल्य प्रतिलिटर ७२ रुपैयाँ रहेको छ । गुणस्तर र कम्पनीअनुसार दहीको मूल्य प्रतिलिटर ९० देखि १ सय रुपैयाँसम्म छ भने घिउको मूल्य पनि गुणस्तर अनुसार ८ सयदेखि १५ सय रुपैयाँसम्म रहेको छ । राष्ट्रिय दुग्ध विकास संस्थानका सूचना अधिकृत बालक चौधरीले कति रुपैयाँ मूल्य बढाउने भन्ने बारेमा सरोकारवाला निकायका अधिकारीहरू बीचमा छलफल भइरहेको भए पनि अभैंm टुङ्गो लागि नसकेको बताए । प्रतिलिटर ८ देखि १० रुपैयाँसम्म बढ्न सक्ने अनुमान रहेको उनले बताए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको केन्द्रीय कमिटी सदस्य बन्न मलाई इच्छा थिएन : प्रेम आले
-
क्यानडा पहिलो र भेनेजुएला दोस्रोपटक सेमिफाइनलमा पुग्ने धुनमा
-
अञ्जनी जोशीले जितिन् ‘कौसी क्वीन–२०८१’
-
रुपन्देहीमा सुनचाँदीका गरगहनासहित १ जना पक्राउ
-
मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिन एमालेको ह्विप जारी
-
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवादमा सर्वोच्चले दियो अन्तरिम आदेशलाई निरन्तरता