मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशनमा प्रदेश २ बाट एक लाख जनसहभागिता जुटाउने तयारी

बुधबार, ०८ मङ्सिर २०७८, १० : १५
बुधबार, ०८ मङ्सिर २०७८

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सभामा प्रदेश २ बाट मात्र एक लाख जनसहभागिता जुटाउने तयारी भइरहेको छ । पूर्वमन्त्री एवम् जनपरिचालन कमिटीका सह–संयोजक प्रभु साहको सक्रियतामा प्रदेश २ बाट एक लाखको हाराहारीमा कार्यकर्तालाई महाधिवेशन स्थल लैजाने तयारी भएको हो ।

एमाले नेता साहले मंगलबार रौतहटका सबै स्थानीय तहका नेता कार्यकर्ताको भेला आयोजना गरी चितवनमा हुने दशौं महाधिवेशनमा रौतहटबाट अधिकतम संख्यामा सहभागी गराउन निर्देशन दिएका छन् । गरुडास्थित तुल्सीलाल अमात्य स्मृति भवनमा आयोजित भेलालाई सम्बोधन गर्दै साहले रौतहट कम्युनिस्टको भूमि रहेकाले पनि यहाँबाट सबैभन्दा धेरै सहभागिता रहने बताए । हरेक स्थानीय तहको वडा वडाबाट आ–आफ्नो ब्यानरसहित अधिकतम संख्यामा सहभागी हुन निर्देशन दिँदै उनले चितवनबाट एमालेले देशलाई नयाँ सन्देश दिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप