शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

बालबालिकाको कानको मुन्द्रा चोरी गरेको आरोपमा एक युवती पक्राउ

मङ्गलबार, ०७ मङ्सिर २०७८, २० : ४१
मङ्गलबार, ०७ मङ्सिर २०७८

 पोखरामा सुनको मुन्द्रा चोरी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन ।  बालबालिकाले कानमा लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा स्याङ्जा घर भएकी युवतीलाई प्रहरीले पक्राउ गरेको हो । पोखराका विभिन्न स्थानबाट साना बालबालिकालाई ललाई फकाई, विभिन्न डरत्रास देखाएर कानमा लगाएका सुनको मुन्द्रा चोरी गर्दै हिँडेको अवस्थामा युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी डिएसपी एवं प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

तिवारीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सुनको मुन्द्रा चोरी गर्दै हिँड्ने स्याङजा चापाकोट–४ स्थायी घर भइ हाल पोखरा चाउथे बस्ने उनलाई पक्राउ गरिएको हो।

प्रहरीले उनको साथबाट सुनको मुन्द्रा १३ थान (४८ लाल) र अन्य ४५ लाल सुन बरामद गरेको छ । अभियुक्तलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा पाँच दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता तिवारीले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप