शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओलीको बोलीलाई जनताले विश्वास गर्न छोडे : माधव नेपाल

मङ्गलबार, ०७ मङ्सिर २०७८, २० : २७
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अब नेपाली जनताले एमाले अध्यक्ष केपी शर्मा ओलीको बोलीलाई विश्वास गर्न छोडेको बताएका छन् । 

मंगलबार धनुषाको तिनकोरीय चोकमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले लोकतान्त्रिक शक्तिहरूको गठनबन्धनले ओलीको तानाशाह प्रवृत्ति, दम्भ र अंहकारलाई परास्त गरेपछि नेपाली जनताले ओलीको बोलीलाई विश्वास गर्न छोडेको बताए । 

ओलीको दम्भ र अहंकारले लोकतन्त्र, संघीयता खतरामा परेको बताउँदै अध्यक्ष नेपालले भने, ‘ओलीको स्वेच्छाचारी, मनपरी र भ्रष्टाचार प्रवृत्तिका कारण एमाले बदनाम हुँदै छ । त्यसको परिणाम एमाले अब आउने निर्वाचनहरूमा भोग्ने निश्चित छ ।’ओलीको प्रवृत्ति र विचौलियाहरुको प्रवेशका कारण महाधिवेशन पश्चात् एमाले पार्टी फुट्ने निश्चित रहेको उनले बताए ।

समाजमा रहेका विकृति, विसंगति तथा भ्रष्टाचार विरुद्ध सजग र सतर्क रहन अध्यक्ष नेपालले कार्यकर्तालाई निर्देशनसमेत दिए । पार्टीका धनुषा जिल्ला अध्यक्ष रामचन्द्र पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश २ संयोजक धर्मनाथ साह, प्रदेश २ का उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो लगायतले मन्तव्य राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप