डिभीको ‘खुला व्यायामशाला’ अभियान
शैक्षिक प्रतिष्ठान मार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको डिभी एजुकेसनले मुलुकका विभिन्न पाँच स्थानमा शारीरिक व्यायामशाला (फिटनेस पार्क) सञ्चालनमा ल्याएको जनाएको छ। डिभी एजुकेसनका प्रबन्ध निर्देशक तरुण प्रताप शाहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोना महामारीमा विशेष गरि शारीरिक व्यायाम मार्फत युवामा थोरै भए पनि सकारात्मक सोच र उत्साह थप्न खुला शारीरिक व्यायामशाला सञ्चालनमा ल्याएको जानकारी दिए।
‘कोरोना महामारीले विश्व नै आक्रान्त थियो, त्यसको प्रभाव हाम्रो देशमा पनि थियो, महामारीकै कारण युवामा मानसिक समस्या समेत देखिन थालेको थियो, हामीलाई लाग्यो यस्तो अवस्थामा व्यायाम मार्फत युवालाई व्यस्त राख्न सकिन्छ’ शाहले भने, ‘जसले शारीरिक र मानसिक दुवै कुरामा राहत मिल्छ, यही सोचका साथ हामीले कोरोना महामारीकैबीचमा गत वर्षको नोभेम्बर महिनामा खुला शारीरिक व्यायामशाला सञ्चालन गर्यौँ ।’
डिभी एजुकेसनले नेपाली यूथ फिटनेस एन्ड क्यालिस्थेनिक्स् (एनवाईएफसी) सँगको समन्वयमा काठमाडौँको टोखा, नक्साल, पोखरा, चितवन र विराटनगरमा पनि खुला शारीरिक व्यायामशाला सञ्चालनमा ल्याएको उनले बताए । उनले छिट्टै थप पाँच ठाउँमा सेवा विस्तार गर्ने जानकारी दिए।
कार्यक्रममा नेपाली यूथ फिटनेस एन्ड क्यालिस्थेनिक्स् (एनवाईएफसी) का संस्थापक अध्यक्ष शुकदेव कार्कीले आफूहरूले सन् २०१९ मार्च देखि निःशुल्क व्यायाम प्रशिक्षण र व्यायामशाला सञ्चालनको अभियान अगाडि बढाउँदै आएकोमा डिभी एजुकेसनले सामाजिक उत्तरदायित्व पुरा गर्दै जोडिन आउँदा धेरै सहयोग पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी