शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाली क्षेत्र नं ४ बाट रोकाया क्षेत्रीय सभापतिमा निर्वाचित

मङ्गलबार, ०७ मङ्सिर २०७८, १९ : ५७
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेपाली काँग्रेस कैलाली क्षेत्र नं ४ बाट वसन्त रोकाया ललित क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । उनले सभापतिका अर्का उम्मेदवार दिनेशराज जोशीलाई ४८ मतान्तरले हराएका हुन् ।

सभापति मा रोकायाले २७९ मत पाएका छन् भने  जोशीले २३१ मत पाएको प्रचार प्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए  । समितिको पदाधिकारीमा सबै रोकाया प्यानल कै उम्मेदवारी विजयी भएको उनले बताए। क्षेत्रीय सचिवमा रोकाया प्यानल कै जयराज फुलारा २७२  र विष्णु प्रसाद भाट २८४  निर्वाचित भएका छन् ।

यस्तै सह –सचिवमा पनि रोकाया प्यानलका करुणाकर भट्ट २६२ र राम दुलार चौधरी २७४ मत ल्याएर निर्वाचित भएका उनले बताए । सदस्यहरुमा पनि रोकाया प्यानल कै उम्मेदवार निर्वाचित भएका छन् । क्षेत्र नं ४ मा  ५ सय ४६ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप