शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले महाधिवेशन : ११ सदस्यीय अध्यक्ष मण्डल गठन

बुधबार, ०८ मङ्सिर २०७८, १० : ५०
बुधबार, ०८ मङ्सिर २०७८

एमालेले  मंगलबारको स्थायी कमिटी बैठकबाट दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । जसमा अध्यक्ष केपी ओली,उपाध्यक्ष,युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल रहेका छन् । 

त्यस्तै महासचिव ईश्वर पोखरेल,स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, सुवास नेम्वाङ,टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा तथा केन्द्रीय सदस्यबाट लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् । त्यस्तै महाधिवेशनको माइन्युट बनाउन सात सदस्यीय माइन्युट मण्डल पनि मंगलबारको बैठकले गठन गरेको छ । 

त्यसमा सचिव पृथ्वी सुव्वा, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा,ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।  एमाले महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप