सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

मकवानपुरका सबै क्षेत्रमा काँग्रेसका उम्मेदवारलाई जिताएको दिनमा माला लगाउँछु: नेता बानियाँ

यी हुन् मकवानपुर–२ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि
मङ्गलबार, ०७ मङ्सिर २०७८, १९ : ५३
मङ्गलबार, ०७ मङ्सिर २०७८

मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले आगामी स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुरको सबै क्षेत्रमा काँग्रेसले जितेको दिन आफूले माला लगाउने बताएका छन् ।  उनले मकवानपुरका २ वटा प्रतिनिधिसभा र प्रदेशका ४ वटा क्षेत्रमा काँग्रेसको उम्मेदवारले जितेका दिन आफ्नो चाहना पुरा हुने भएकाले त्यसदिन आफूले माला लगाउने बताए । 

‘काँग्रेस भित्रको आन्तरिक चुनावमा भएको हार जितबाट कोही पनि निराश हुनु जरुरी छैन । मैले पनि माला लगाएको छैन, म आगामी दिनमा मकवानपुरको सबै निर्वाचन क्षेत्रमा काँग्रेसका उम्मेदवारले जितेको दिन मात्रै माला लगाउँछु । त्यसदिन मात्रै मेरो लक्ष्य पुरा हुनेछ ।’ उनले भने ।

यी हुन् मकवानपुर–२ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मकवानपुर क्षेत्र नम्बर–२ बाट महाधिवेशन प्रतिनिधिमा प्रत्यक्ष महिलातर्फ उमा दाहाल (५८०), जानकी लामा तामाङ (६१९), मिरा स्यांतान (६५९) र निलम देवकोटा (४९३) मतसहित निर्वाचित भएका छन् । 

प्रत्यक्ष खुल्लातर्फ ईश्वर पाठक (६००), शंकर न्यौपाने (३०८), जयराम लामिछाने (६७०), टेकनाथ शिवकोटी (३५५), बुद्ध लामा (६०३), भरत लामा (४४०), ठाकुरराम तितुङ (४२०), राजकुमार मल्ल (३६३), राज मैनाली (३३२), सन्तबहादुर प्रजा (५१८) मतले निर्वाचित भएका छन् । 

खस आर्य खुल्लातर्फ राजेश भेटवाल (६७६), आदिवासी जनजाति महिलातर्फ गोरी माया लामा (५४३), जानकी लामा (४११) र निर्मला हिम्डुङ (३९४) मतसहित निर्वाचित भएका छन् । 

आदिवासी जनजाति खुल्लातर्फ जमान सिं वाइबा (५७७), चित्रबहादुर थापा (५४४), रामचन्द्र थिङ (५४९), रत्नबहादुर गोले (५०५), दलिततर्फ शान्ताकुमारी विक (५५१), मधेसी, थारु, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गतर्फ सूर्यबहादुर रुम्बा (४७१) मतले निर्वाचित भएका छन् ।

यसअघि संघीय सभापति पदमा लोक मोक्तान (६२०) मतसहित विजयी भएका छन् । त्यस्तै सचिवमा थलबहादुर थापा (५२७) र बलराम घिमिरे (४६२) मतसहित निर्वाचित भएका थिए । सह–सचिवमा निर्मला रुम्बा र विनोद थापा निर्विरोध चयन भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप