बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

माओवादी छाडेर रामचन्द्र झा औपचारिक रूपमा एकीकृत समाजवादीमा प्रवेश

मङ्गलबार, ०७ मङ्सिर २०७८, १९ : ४५
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्र परित्याग गरेका पूर्वमन्त्री रामचन्द्र झा औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मंगलबार धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ स्थित तिनकौरियामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री झासहित २ हजार ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको जनाइएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवप्रवेशी झालाई फूलमाला, गम्छा लगाएर पार्टीमा स्वागत गरे । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ दन्त चिकित्सक डा. अजय कुमार झाको नेतृत्वमा नेपाली काँग्रेस परित्याग गरी ५ सयभन्दा बढी नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

मिथिला अस्पताल प्राइभेट लिमिटेड र मिथिला टेक्निकल एकेडमीका सञ्चालक समेत रहेका डा. झाले नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघबाट आफ्नो राजनीतिक यात्रा सुरुवात गरेका थिए । डा.झा नेविसंघ धनुषाका अध्यक्ष समेत रहिसकेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप