भक्तपुरको चाँगुनारायणमा मानव कङ्काल फेला
मङ्गलबार, ०७ मङ्सिर २०७८, १९ : ३६
भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीमा रहेको ठुलोपाखा सामुदायिक बनमा मानव कङ्काल भेटिएको छ । जंगलमा लप्सीको फेदमा ५ फिट ६ इन्चको मानव कङ्काल फेला परेको महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी राम बहादुर केसीले रातोपाटीलाई बताए ।
पुरुषको सो कङ्काल करिब ४ महिना पुरानो रहेको घटनास्थलमा पुगेका विशेषज्ञ चिकित्सकको आँकलन छ । कङ्काल सगैको लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा भेटिएको छ । घटनास्थलमा रहेको झोलामा बाँसको चोया काट्ने कर्द (चक्कु) फेला परेको छ । घटनास्थलमा फेला परेको चेकसर्ट र झोलाका आधारमा प्रहरीले कङ्काल पहिचान गर्ने प्रयास गरिरहेको छ । कङ्काल पोष्टमार्टमका लागी भक्तपुर स्थित काठमाडौँ मेडिकल कलेजमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान