सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएले अब डलर खाता खोल्न पाउने

मङ्गलबार, ०७ मङ्सिर २०७८, १८ : ०६
मङ्गलबार, ०७ मङ्सिर २०७८

गैरआवासीय नेपाली (एनआरएनए) ले अब नेपालमा डलर खाता खोल्न पाउने भएका छन् । मंगलबार राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् । ​सोबारे बोल्दै मन्त्री शर्माले वित्तीय परिचालनका लागि डलरमै डिपोजिट र वीथड्र गर्न मिल्ने गरी एनआरएनएहरुलाई खाता खोल्ने सुविधा प्रदान गर्ने सरकारको तयारी रहेको बताए ।
यस्तो व्यवस्था विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न पनि गर्नुपर्ने मन्त्री शर्माको भनाइ छ । 

‘सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नको लागि एनआरएनहरूले डलर खाता खोल्न पाउने बारे हाम्रो कुरा भइरहेको छ’ मन्त्री शर्माले भने, ‘डलरमै पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान समेत पाउने सहज वातावरण मिलाए पैसा आउनेमा हामी विश्वस्त छौं ।’

मन्त्री शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको कुरा भइरहेको भन्दै त्यसका लागि पहिले पूर्ण रूपमा डिजिटल कारोबार गर्नुपर्ने बताए । ‘हामी डिजिटल कारोबारमै जान सकेका छैनौँ । अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ । पहिले पूर्णरूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔँ, त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ,’ उनले भने । 

पूर्ण रूपमा डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक हुने पनि उनले बताए । त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप