मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से दोहोरो अंकले घट्दा मानुषीका लगानीकर्ता मालामाल

मङ्गलबार, ०७ मङ्सिर २०७८, १७ : ५४
मङ्गलबार, ०७ मङ्सिर २०७८

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ अंकले घटेपनि मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता मालामाल भएका छन् । मानुषीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै लगानीकर्ताले प्रतिकित्ता १८० रुपैयाँ कमाएका हुन् ।

मानुषीका लगानीकर्ता मालामाल बन्दा अन्य कम्पनीको सेयर मूल्यमा ठूलो वृद्धि आएन । यस्तै, कारोबार भएका १३ मध्ये अन्य समूहमा मात्रै सुधार आएको छ । घटेकामध्ये विकास बैंक समूह सबैभन्दा बढी ११९ अंकले घटेको छ भने उत्पादनमूलक १०१ अंकले घटेको छ ।

बजार ३२ अंकले घट्दा ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भइ ७४ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ । बजार दोहोरो अंकले घट्दा आईसीएफसी फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ५.८४ प्रतिशतले घटेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप