सल्ले पुग्नुपर्ने नेपाल एयरलाइन्सको जहाजलाई पाइलटले किन गराए नेपालगञ्जमै अवतरण ?
नेपाल एयरलाइन्सका पाइलट पेम्बा शेर्पाले उडाएको ट्वीनअटर जहाज सोमबार दिउँसो ४ बजेतिर नेपालगञ्जको आकाशमाथि थियो । जहाजको गन्तव्य थियो– पश्चिम रुकुमको सल्ले विमानस्थल । तर, पाइलट शेर्पाले नेपालगञ्ज विमानस्थलमै जहाज अवतरण गराइदिए ।
उडिरहेको जहाज र अवतरण गर्नुपर्ने सल्ले विमानस्थलमा कुनै समस्या थिएन । जहाजका यात्रुहरू गन्तव्यमा पुग्नेमा ढुक्क थिए । तर, पाइलटले आफ्नो ड्युटी आवर (काम गर्ने अवधि) सकिएको भन्दै नेपालगञ्जमै जहाज रोकिदिएपछि यात्रुहरू अलमल्ल परे ।
के, पाइलटले ड्युटी आवर सकिएको भन्दै गन्तव्यमै नपु-याइ बीचमै जहाज अवतरण गर्न मिल्छ त ? यस्तो गर्ने पाइलटमाथि के कारबाही हुन्छ ? यो घटनाबारे थाहा पाएका धेरैमा यो जिज्ञासा छ । खासमा पाइलटले ड्यूटी आवर या दैनिक निर्धारित अवतरण कोटा पूरा भएमा उडिरहेको जहाजलाई गन्तव्यमा नपु-याई बीचमै अवतरण गराउन पाउने व्यवस्था रहेको तथा नेपाल नागरिक उड्ययन प्राधिकरण र अन्तरराष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले पाइलटको उडान अवधि एक दिनमा १० घण्टा वा १० पटकसम्म अवतरण भनी तोकेको उड्ययन क्षेत्रका अधिकारीहरूले बताइरहेका छन् ।
उनीहरूका अनुसार पाइलट शेर्पाको ड्यूटी आवर सोमबार ४ बजेसम्म मात्रै भएकाले उनले सल्ले नपु-याइ नेपालगञ्जमै विमान अवतरण गराएका थिए । पाइलटको ड्युटी आवर सकिएकाले सामान्य घटना भएको र उनलाई सामान्य सोधपुछ हुने नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताएका छन् । (असावधानीवस चौरजहारी विमानस्थल हुन गएकोमा क्षमाप्रार्थी छौं । –स.)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
विश्वकप २०२६ : हालसम्म कुन–कुन टिम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण