कञ्चनपुर–२ को काँग्रेस सभापतिमा लालबहादुर सिंह निर्वाचित
मङ्गलबार, ०७ मङ्सिर २०७८, १७ : ०९

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसको क्षेत्रीय सभापतिमा लालबहादुर सिंह विजयी भएका छन् । प्रतिस्पर्धी नवराज जोशीलाई १८४ मतान्तरले पराजित गर्दैै सिंह सभापतिमा निर्वाचित भएका हुन् ।
क्षेत्रीय अधिवेशनअन्तर्गत भएको निर्वाचनमा ५०४ मत खसेकोमा सिंहले ३४१ मत ल्याएका हुन् । यस्तै, सचिवमा गणेश बिष्ट र थानेश्वर भट्ट विजयी भएका छन् भने सहसचिवमा काशीराम भट्ट र रमेशप्रसाद भट्ट निर्वाचित भएका छन् ।
यस्तै, महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ चिन्तामणि भट्ट, दलबहादुर बोहरा, पुष्करराज ओझा, बहादुर सिंह थापा, भोजराज बोहरा, मिनबहादुर सिंह, रमेशचन्द्र ऐर, लोकबहादुर देउवा, सिद्धराज भट्ट, हेमराज ओझा विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी