शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भाञ्जाको जन्मदिनमा अभिषेक बच्चनको पोस्ट, ‘मामाको जुत्ता–कपडा लिन बन्द गर’

मङ्गलबार, ०७ मङ्सिर २०७८, १७ : ०५
मङ्गलबार, ०७ मङ्सिर २०७८

बलिउड अभिनेता अभिषेक बच्चनका भाञ्जा अगस्त्य नन्दा आज आफ्नो जन्मदिन मनाइरहेका छन् । अगस्त्य २१ वर्ष पुगेका छन् । भाञ्जाको जन्मदिनको अवसरमा मामा अभिषेक बच्चनले अगस्त्यको वाल्यकालको फोटो सेयर गरेर उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।

अभिषेकको ठट्यौली पोस्टः

अभिषेकले अगस्त्यको फोटो सेयर गरेर एउटा नोट पनि लेखेका छन् । फोटोको क्याप्सनमा उनले लेखेका छन्, ‘जन्मदिनको शुभकामना अगस्त्य । तपाईं कत्ति राम्रो, दयालु, मायालु, जिम्मेवार, प्रोटेक्टिभ र केयर गर्ने खालको बन्नुभएको छ । अब तपाईं आधिकारिक रुपमा युवक बन्नुभएको छ । कृपया मामाको कपडा र जुत्ता लिन बन्न गर्नुहोस्, अब आफैं किन्नुहोस् ।’

श्वेता बच्चनले पुरानो फोटोसहित गरिन् छोरालाई विशः

श्वेता बच्चनले पनि आफ्ना छोराको जन्मदिनमा उनको बाल्यकालको फोटो सेयर गरेकी छिन् । फोटोमा श्वेता र अगस्त्य सेतो पहिरनमा देखिएका छन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘ह्याप्पी २१ छोरा’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by S (@shwetabachchan)

फिल्ममा डेब्यू गर्नेछन् अगस्त्यः

स्मरण रहोस्, अगस्त्य अमिताभ बच्चनकी छोरी श्वेता बच्चनका छोरा हुन् । खबरका अनुसार अगस्त्य जोया अख्तरको आर्ची कमिक्स थीम मूभीबाट फिल्ममा डेब्यू गर्ने सम्भावना छ । यद्यपि, यसबारे हालसम्म कुनै आधिकारिक जानकारी आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप