बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रियंका चोपडाको यो कमेन्टले के रोकिनेछ निक जोनसबारे अड्कलबाजी

मङ्गलबार, ०७ मङ्सिर २०७८, १६ : ४३
मङ्गलबार, ०७ मङ्सिर २०७८

प्रियंका चोपडाले आज आफ्नो नयाँ फिल्म म्याट्रिक्सको पोस्टर आफ्नो सोसल मिडिया ह्यान्डलमा सेयर गरेकी छिन् तर उनको नयाँ फिल्मभन्दा बढी चर्चा उनको नामको विषयमा भइरहेको छ ।

वास्तवमा प्रियंका चोपडाले आफ्नो ट्वीटर र इन्स्टाग्राम बायोबाट आफ्ना श्रीमान् निक जोनसको थर हटाएकी छिन् । त्यसपछि विभिन्न अनुमान लगाइँदैछ । सोसल मिडियाका साथै मेनस्ट्रीम मिडियामा पनि प्रियंकाको यो कदमको अर्थ के हो भनेर चर्चा हुन थालेको छ ।

सोसल मिडिया र मिडियामा जुन अड्कलबाजी गरिरहेका छन् त्यसमा सबैभन्दा धेरै चर्चा प्रियंका र निक जोनसको सम्बन्धको विषयमा चलिरहेको छ ।

प्रियंका चोपडाले आफ्नो नामबाट श्रीमानको थर हटाएको विषयमा कुनै जानकारी वा स्पष्टिकरण दिएकी छैनन् न नै यसबारे कुनै टिप्पणी गरेकी छिन् । उनको टिमको तर्फबाट पनि कुनै बयान आएको छैन ।

तर प्रियंका चोपडाकी आमा मधु चोपडाले यी सबै अफवाहलाई बकवास बताउँदै यसको खण्डन गरेकी छिन् ।

मधु चोपडाले नेटवर्क १८ लाई दिएको बयानमा यो सबै बेकारको कुरा भएको बताएकी छिन् । उनले मानिसलाई अफवाह नफैलाउन आग्रह गरेकी छिन् ।

प्रियंका चोपडाले भलै यी अनुमानबारे कुनै बयान दिएकी छैनन् तर उनका श्रीमान निक जोनसले ११ घण्टा अघिको पोस्टमा कमेन्ट गर्दै थुप्रै कुरा स्पष्ट पारेकी छिन् ।

निक जोनसले जिममा वर्कआउट गर्दै इन्स्टाग्राममा एउटा पोस्ट गरेका छन् । यसमा कमेन्ट गर्दै प्रियंका चोपडाले लेखेकी छिन्, ‘हाय, म त मरेँ ।’

प्रियंकाको यो कमेन्टमा कमेन्ट गर्दै थुप्रैले खुसी व्यक्त गरेका छन् ।

सोसल मिडियामा प्रियंकाबारे के कति लेखियो ?

सोसल मिडियाबाट थर हटाएपछि प्रियंका चोपडा ह्याशट्याटसहित ट्वीट गर्दै सिया नामकी एक प्रयोगकर्ताले लेखेकी थिइन्, ‘अझै धेरै कुरा आउन बाँकी छ ।’

अर्का एक प्रयोगकर्ताले यसलाई पब्लिसिटी स्टन्ट बताएका छन् ।

उनी लेख्छन्, ‘प्रियंकाले आफ्नो बायोबाट जोनस थर आफ्नो इन्स्टाबाट हटाएकी छिन् किनभने उनी आफ्नो नयाँ फिल्मको पोस्टरको प्रचार गर्न चाहन्छिन् । यो पब्लिसिटी स्टन्ट हो ।’

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘सर्वसाधारण पारिवारिक झगडापछि आफ्नो थर हटाउने गर्छन् । तपाईंहरु गहिरो सास फेर्नुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप