बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार भण्डारीलाई प्रहरीले दुर्व्यवहार गरेकोमा महासंघको आपत्ति

मङ्गलबार, ०७ मङ्सिर २०७८, १६ : ४१
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारीलाई आफ्नै निवासमा एक्कासि प्रवेश गरेका सादा पोसाकका प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुढानिलकण्ठ नगरपालिका–११ कपनस्थित मंगलबार दिउँसो पूर्वउपाध्यक्ष भण्डारीको घरमा केही महिनाअगाडि डेरा बसी छाडिसकेका व्यक्तिको बारेमा सोधखोज गर्न एक्कासि पुगेका ५ जना सादा पोसाकका प्रहरीलाई के कसो भनी जानकारी लिन खोज्दा प्रहरीले उल्टै उनलाई दुर्व्यवहार गरेको पूर्वउपाध्यक्ष भण्डारीले महासंघलाई जानकारी गराएका छन् । 

‘कुनै पनि व्यक्तिको घरमा पुगेर सोधखोज गर्दा प्रहरीबाट पदीय जिम्मेवारी वहन गर्दा मर्यादित भई प्रस्तुत हुनु पर्नेमा यस किसिमले दुर्व्यवहार गरिनु निन्दनीय र दुःखद् कार्य हो । महासंघ घटनाको छानबिन गरी दोषी प्रहरीमाथि विभागीय कारबाही गर्न र यस्ता कार्य नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप