बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१० हजार नमुना परीक्षणमा ३५१ जनामा संक्रमण पुष्टि, ९ को मृत्यु

मङ्गलबार, ०७ मङ्सिर २०७८, १६ : १२
मङ्गलबार, ०७ मङ्सिर २०७८

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । यस्तै ३५१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ जनाको नमुना परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २७३ जना निको भएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार ६९९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७० जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ८९० जना निको भएका छन् भने कुल ११ हजार ५०९ जनाको मृत्यु भएको छ । हाल देशभर ७३०० जना सक्रिय संक्रमित रहेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप