शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गायक रियालिटी शो ‘नेपाल्स सिङ्गीङ सुपरस्टार’ हुने

मङ्गलबार, ०७ मङ्सिर २०७८, १५ : ५१
मङ्गलबार, ०७ मङ्सिर २०७८

पछिल्लो समय नेपालमा रियालिटी शोको बाढी नै आएको छ । दिन प्रतिदिन यस्ता शो थपिन थालेका छन् । यस्तैमा इमेज टिभीले नयाँ रियालिटी शो ‘नेपाल्स सिङ्गीङ सुपरस्टार’ ल्याउने भएको छ । भ्वाइस स्टार नेपालसँगको सहकार्यमा इमेजले यो शो ल्याउन लागेको हो । 

संगीतिक क्षेत्रमा संघर्षरत गायक/गायिका तथा दूरदराजमा रहेका प्रतिभाले स्थान कार्यक्रममा मिल्ने शोका निर्देशक रवि श्रेष्ठले बताए । रविका अनुसार शोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीहरुको छनोट गरिनेछ । डिजिटल अडिसन पुसको पहिलो साताबाट खुल्ला हुनेछ । डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइनेछ ।

२५ श्रृंखलासम्म चल्ने प्रतिस्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउनेछन् । विजेताको घोषणा दर्शकले दिएको भोटका आधारमा हुने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप