शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भीम रावलजीले भोटिङ ओके भनेपछि ढुक्क भएँ : ओली

मङ्गलबार, ०७ मङ्सिर २०७८, १५ : ३४
मङ्गलबार, ०७ मङ्सिर २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा भोटिङ मेसिनप्रति ढुक्क रहेको बताएका छन् । पत्रकारहरूसँग मंगलबार कुरा गर्दै अध्यक्ष ओलीले भीम रावल ढुक्क भएपछि आफू पनि ढुक्क रहेको बताए । 

‘भीम रावलजीले भोटिङ ओके छ भनेपछि म पनि ढुक्क छु’, उनले भने । तर, आफूले मेसिन नचलाएको ओलीको भनाइ छ । 
एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप