सीके राउतले तराईका २० जिल्लाको माटो सङ्कलन गर्ने
संगठन बिस्तारको नाउँमा जनमत पार्टीका अध्यक्ष सीके राउतले मेचीदेखि महाकालीसम्मका विभिन्न पालिकाकाको माटो सङ्कलन गर्ने भएका छन् ।
मेचीदेखि महाकालीसम्म तराई मधेशका २० जिल्लाका प्रत्येक मधेशी बाहुल्य पालिकमा पुगेर अध्यक्ष राउतले त्यहाँको माटो सङ्कलन गरी ‘मधेश एकता उद्यान’ निर्माण गर्ने निर्णय गरेको पार्टीका महासचिव चन्दन सिंहले बताए । पार्टीको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।
स्थानीय चुनावअघि तराई मधेशका २० वटै जिल्लाको पालिकामा अध्यक्ष राउत आफै पुगेर माटो सङ्कलन गर्नेछन् । मंसिर १० गते लुम्बिनीको मायादेवी मन्दिरबाट माटो सङ्कलन कार्यक्रमको सुरुवात गरिने सिंहले बताए । जनमत पार्टीका अध्यक्ष राउतले चुनावलाई केन्द्रीत गरी सो कार्यक्रमको सुरुवात गर्न लागेका हुन् । माटो सङ्कलन अभियान भनिए पनि खासमा यो पार्टी संगठन विस्तारको अभियानसँग जोडिएको छ ।
त्यसैगरी, जनमत पार्टीले तेस्रो चरणको आन्दोलनको कार्यक्रम पनि घोषणा गरेको छ । आन्दोलनका कार्यक्रमअन्तर्गत जिल्ला कार्यकारिणी समितिको बैठक, युवा दस्ता गठन, प्रशिक्षण, आन्दोलन समिति गठनजस्ता कार्यक्रमहरु राखेको छ । मंसिर २८ र २९ गते बस्ने केन्द्रीय समितिको विस्तारित बैठकले चौथो चरणको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय