आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले महाधिवेशन उद्घाटन सत्रको मञ्च दुई तलाको हुने

मङ्गलबार, ०७ मङ्सिर २०७८, १४ : ४६
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रको मञ्च दुई तलाको हुने भएको छ । चितवनको नारायणी नदी किनारमा हुने उद्घाटन सत्रको मञ्च दुई तलाको हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार यस विषयमा गृहमन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखसँग छलफल भएको छ । 

१०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा दुई २०० प्रतिनिधिसहित थप पाँच प्रतिशत मनोनीत सहभागी हुने र उनीहरूका लागि तीन हजार ५०० कोठा बुक गरिएको भट्टराईले जानकारी दिए । बन्द सत्रमा ५०० र उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक खटिने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप