बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भारतीय सीमामा चीनको सैन्य परीक्षण र अत्याधुनिक हतियार प्रदर्शन

मङ्गलबार, ०७ मङ्सिर २०७८, १४ : ३७
मङ्गलबार, ०७ मङ्सिर २०७८

चीनले भारतसँगको सीमानजिकै अत्याधुनिक हतियार प्रदर्शन र  सैन्य परीक्षण गरेको छ । चिनियाँ सेनाले उचाइमा प्रयोग हुने हतियारसहित आईतबार सैन्य परीक्षण गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनको टेलिभिजनले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा सिन्जियाङका लडाकुले काराकोरम पहाडमा पाँच हजार २०० मिटरको उचाईमा सैन्य परीक्षण गरेको हो ।

जनमुक्ति सेनाले राइफल, रिमोट कन्ट्रोल प्रणालीमा चल्ने गाडी, मोटार्स, ग्रिनेड, लन्चर, एन्टी ट्यांक मिसाइललगायतका हयितार परीक्षण गरेको हो । चीनले आफ्ना सेनालाई उचाइमा हतियारसहित लड्न सक्ने तालिम प्रदान गरेको विज्ञहरुले बताएका छन् । सैन्य परीक्षण गरेको क्षेत्र दुई वर्षअघि चीन र भारतका सेनाबीच झडप भएको दोक्लामनजिक पर्छ । 

भारतसँगको सीमामा आफ्नो सशक्त उपस्थिति जनाउन र आवश्यक परे भारतीय भूमि अतिक्रमण गर्न चीनले सैन्य परीक्षण गरेको मकाउस्थित सैन्य विश्लेषक एन्टोनी वोङ तोङले बताउँछन् । 
‘आगामी दिनमा अझै बढी भूभाग नियन्त्रणमा लिन जनमुक्ति सेनाले भारतसँगको सीमामा निकै उपयोगी तालिम सम्पन्न गरेको छ,’ उनी भन्छन् ।  

जनमुक्ति सेनाको नयाँ हतियार प्रणालीले भारतीय सुरक्षा चौकी, सैन्य सामाग्री र अन्य निशानालाई ध्वस्त पार्ने बेइजिङस्थित युयान वाङ मिल्ट्र साइन्स एन्ड टेक्नोलोजी इन्स्टिच्युटका अनुसन्धानकर्ता झोउ चेनमिङ बताउछन् ।

सीमा क्षेत्रमा नयाँ भारतीय सेनाले पनि आफ्नो उपस्थिति सशक्त बनाएको छ । दुई देशलाई छुट्ट्याउने लाईन अफ कन्ट्रोलमा भारतीय पक्षबाट पछिल्लो समयमा सडक र पूर्वाधार निर्माण गरिएका छन् । भारतले केही महिनाअघि मात्र एमआईजी–२९युपीजी र एसयु–३० एमकेआई लडाकु जेट परिचालन गरेको थियो । भारतीय सेनाले उचाइमा उड्ने अत्याधुनिक ड्रोन किन्ने तयारी गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप