सेन्चुरी बैंक खाता खल्तीमा लिंक गर्दा स्मार्टफोन उपहार
मङ्गलबार, ०७ मङ्सिर २०७८, १४ : २४
अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीको खाता सेन्चुरी बैंक खातासँग लिंक गर्दा सामसङको स्मार्टफोन जित्न सकिने भएको छ । यस्तै, १०० रुपैयाँ बोनस प्राप्त गर्न सक्ने समेत कम्पनीले बताएको छ ।
यो अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागु हुन्छ । यसरी लिंक गर्ने प्रयोगकर्ताको केवाईसी प्रमाणित भएको हुनुपर्ने छ । त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्ने कम्पनीले बताएको छ ।
केही सेकेन्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट खल्तीमा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ । यो अफर मंसिर ३ देखि पुस ४ गतेसम्म लागू हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानीसम्बन्धी कानुनहरूलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता : उद्योगमन्त्री भण्डारी
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी : उपप्रधानमन्त्री श्रेष्ठ
-
समता घरेलु लघुवित्तले मनकामना स्मार्टलाई गाभ्यो, असार २४ गतेदेखि एकीकृत कारोबारमा जाने
-
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ, सरकार केही हुँदैन
-
कर्णालीमा प्रतिपक्षसँग सरकारले ९ बुँदे सहमति गरेसँगै सदनको अवरोध हट्यो